Friday, 31 December 2021

दुबई संयुक्त अरब अमीरात रेशम क्षेत्री


HIGHLIGHTS

घरको बार्दलीमा कपडा सुकाए जरिवाना



dubai

दुबईमा अनौठो नियम लागु भएको छ । अबदेखि युएइको दुबईमा स्थानीय बासिन्दाले घरको बार्दलीमा कपडा सुकाउन पाउने छैनन् । यदि अटेरी गरेर बार्दलीमा कपडा सुकाएको पाइएमा स्थानीय प्रशासनले जरिवाना तिराउनेछ ।

स्थानीय प्रशासनले हालै लागू गरेका नियम अनुसार अबदेखि दुबईमा बाल्कोनीमा कपडा सुकाउन मात्र होइन बाल्कोनीमा उभिएर चुरोट पिउन तथा चुरोटको ठुटा वा खरानी तल फ्याँक्न पनि पाइनेछैन । दुबई नगरपालिकाका अनुसार सहरलाई सफा राख्नका लागि यो कदम उठाइएको हो ।

दुबई नगरपालिकाले बासिन्दाहरुलाई आफ्नो अपार्टमेन्टको बाल्कोनीको दुरुपयोग नगर्न आग्रह गरेको छ । घरको बार्दली भद्दा देखिने र सहरलाई कुरुप बनाउने काम नगर्न नगरपालिकाले ट्वीटरमार्फत् आग्रह गरेको छ ।

दुबई नगरपालिकाका अनुसार बाल्कोनीको दुरुपयोग गर्दै यी काम गरेमा जरिवाना तिर्नुपर्नेछः

-बाल्कोनी वा झ्यालमा कपडा सुकाउने

-चुरोटको ठुटा वा चुरोटको खरानी बाल्कोनीबाट तल फ्याँक्ने

-बाल्कोनीबाट फोहोर तल फ्याँक्ने

-बाल्कोनी सफा गर्दा पानी तल फ्याँक्ने वा एसीको पानी तल चुहाउने

-बाल्कोनीमा स्याटेलाइट डिस वा अन्य एन्टेना लगाउने

-चराहरुलाई चारो खुवाउने

उल्लेखित कामहरु गरेर नियम उल्लंघन गरेमा ५ सय देखि १५०० दिरामसम्म जरिवाना तिर्नुपर्नेछ ।

यसअघि सन् २०१८मा कुबेतले पनि यस्तै नियम बनाएको थियो । त्यस पश्चात् बहराइनमा पनि बाल्कोनीमा अण्डरवेयर लगायतका कपडा सुकाउन प्रतिबन्ध लगाइएको थियो ।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति

‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 


15Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
print sharing button
pinterest sharing button

सम्बन्धित खबरहरु

टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा खाबी लेम दोस्रो स्थानमा रहेका छन् । अमेरिकी नृत्याङ्गना चार्ली डी’ अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो

इरानले अन्तरिक्षमा तीन ओटा अनुसन्धान कार्गो पठाएकाे छ । इरानको वायु फौजका प्रवक्ता अहमद हुसेनका अनुसार इरानले ‘यस अन्तरिक्ष अनुसन्धान

माेबाइल मानिसहरूका लागि अपरिहार्य बनिसकेकाे छ । अहिले नयाँ नयाँ प्रविधिसँगै माेबाइल स्मार्टफाेनहरू बजारमा आइरहेका छन् । माेबाइलबाटै गीत-संगीत, समाचार,

प्राय मानिसहरू ननभेज खान मन पराउँछन्। एउटा यस्तो घटना सार्वजनिक भएको छ, जसको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ ।

15Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
wechat sharing button
sharethis sharing button