Monday, 25 July 2022

पोष्टराज ज्ञवाली

छत्रदेवकाे चिदिकामा खानेपानी टंकी बितरण

   
facebook sharing button
 अर्घाखांची संबाददाता पोष्टराज ज्ञवाली twitter sharing button
messenger sharing button
छत्रदेवकाे चिदिकामा खानेपानी टंकी बितरण

अर्घाखाँची । छत्रदेव गाउँपालिका वडा नं. १ चिदिकामा खानेपानी टंकी बितरण कार्यक्रम सम्पन्न भएको छ । छत्रदेव गाउँपालिकाको आर्थिक बर्षं २०७८/०७९ को स्विकृत कार्यक्रम अनुसार वडा बासीहरुलाई खानेपानी टंकी बितरण गरीएको हो ।

वडामा खानेपानीको समस्या समाधान गर्नका निम्ति टंकी बितरण गरीएको कार्यक्रमका प्रमुख अतिथि तथा छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । उनले टंकीमा खानेपानि तथा आकासे पानीलाई संकलन गरेर उपयोग गर्दा पानी बोक्ने समयको पनि सदुपयोग गरी सिर्जनात्मक काममा लाग्न सके ब्यक्ती र पालीकालाई समेत फाइदा हुने बताउदै खानेपानीको समस्या समाधानको निम्ति पालिका सधैव लाग्ने बताए ।

कार्यक्रममा मन्तब्य राख्दै पालिका उपाध्यक्ष तुल्सि देबी श्रेष्ठले महिला दिदिबहिनीहरुलाई खानेपानीको समस्याका कारण घण्टौँ हिडेर खानेपानी बोक्नु पर्ने समस्यालाई अन्त्य गर्नको लागि टंकी बितरण गरीएको बताएककी छिन ।

कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति हरि भुसाल, एमालेका वडा कमिटी अध्यक्ष काजिबाबु ज्ञवाली, माओबादी केन्द्रका अध्यक्ष मेघ बहादुर ज्ञवाली, राष्ट्रिय जनमोर्चाका वडा कमिटी अध्यक्ष गोकर्ण बहादुर कुमाल, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लागायतले मन्तब्य राखेका थिए ।

कार्यक्रम वडा सदस्यहरु जैलुन मिया, सिता आचार्य, राधा मुखिया, देउमाया नेपाली तथा वडा बासीहरुको उपस्थिती वडा अध्यक्ष प्रकास राज पन्थिको अध्यक्षता वडा सचिव नारायण ज्ञावालीको स्वागत मन्तब्य र शारदा खनाल पन्थिको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

0
0
0
0
0
0

REACT ON THIS POST

mega bank advertisement  all news down1

 प्रतिकृया दिनुहोस


लोकप्रिय

Sajilai Nepali Type
Cooker Cofee  matra logo
Lumbini Post facebook page
mega bank advertisement  all news side

Nepali in UAE

Onlinekhabar English Logo, OK English

Nepal calls for de-escalation in West Asia

Kathmandu, January 9

Nepal’s Ministry of Foreign Affairs has called on all sides involved in West Asia to refrain from doing anything to escalate tensions in the region.

In a statement on Thursday, the ministry has also expressed concern over the developing situation in the region. As a large number of Nepalis work in the region, their safety is Nepal’s primary concern, said the ministry.

The statement calls on all sides not do anything that would jeopardise the peace and stability of the region. All issues and differences need to be resolved through peaceful means, said the government.

The statement comes after Iranian the killing of an influential Iranian general in Baghdad by the US and subsequent attacks by Tehran on US targets in Iraq.

React to this post

0%
0%
0%
0%
0%

Conversation

New Old Popular